नेपाल एसबिआई बैंकले ऋणपत्र निष्कासन गर्ने

बिहिबार, २१ असार, २०८०
डिजिटल संस्करण

 नेपाल एसबिआई बैंक लिमिटेडले दुई अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले धितोपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा अन्तिम स्वीकृतिका लागि आवेदन दिएको हो । 

कम्पनीले २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न बोर्डमा अनुमतिका लागि आवेदन दिएको जनाएको छ । ऋणपत्र निष्कासन गर्न बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड नियुक्त भएको बैंकले उल्लेख गरेको छ ।

कम्पनीले आगामी १० वर्षसम्मका लागि वार्षिक ९ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्न लागेको हो । कम्पनीले कुल कित्तामध्ये आठ लाख कित्ता सर्वसाधारणका लागि र १२ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्ने उल्लेख गरेको छ । 

सुझावित समाचार