जेनेरेटरमा आगाे लागेपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित

बुधबार, २० असार, २०८०
डिजिटल संस्करण

लुम्बिनी प्रदेश सभाको जेनेरेटरमा आगाे लागेपछि प्रदेश सभा बैठक स्थगित भएको छ। सभामुख तुलाराम घर्तीले जेनेरेटरमा आगलागी भएकाले १० मिनेट बैठक स्थगित भएको जानकारी दिए। 

बुधबार दिउँसो करिब १ बजेर ५० मिनेटमा जेनेरेटरमा आगलागी भएको थियो। एमालेका सांसद तुलसीप्रसाद चौधरी बोलिरहेको समयमा सभाको बत्ती गएको थियो। बत्ती जाँदा सांसदहरू अँध्यारोमै बसेका थिए। 

दोस्रो अधिवेशनको १७औँ बैठकमा सत्तापक्ष र प्रतिपक्षबीच संसद् अघि बढाउने सहमति भएको थियो। मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सभालाई सम्बोधन गरेपछि प्रतिपक्षी दलले पनि छलफलमा भाग लिइरहेका थिए।

सुझावित समाचार