बाथरुम फिटिङ सामग्री जल, फोनिर्ट युुपिभिसी, इनक्राफ्ट युपिभिसीलगायत विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका आधुनिक निर्माण सामग्री र निर्माण पद्धति नेपालमा भित्र्याउँदै आएको कम्पनी वेदालयले कलाकार मनोज गजुरेललाई ब्रान्ड एम्बासडर नियुक्त गरेको छ ।
वेदालयले एउटै छातामुनिबाट निर्माणसम्बन्धी सम्पूर्ण सामग्री र सेवा प्रदान गर्दै आएको जनाएको छ । निर्माण सामग्रीको व्यापारमा केन्द्रित हुँदै आएको वेदालयले निर्माण र निर्माणसँग सम्बन्धित उद्योग तथा कलकारखानासँग पनि प्रत्यक्ष र बृहत् पहुँच रहेको दाबी गरेको छ ।
उच्च गुणस्तर र उपभोक्ताको सन्तुुष्टिलाई प्राथमिकतामा राखेको कम्पनीले आफ्नो दशकौँ लामो अनुुभवको उच्चतम प्रयोग गर्दै सम्पूर्ण निर्माण क्षेत्रकै सुधारको प्रयास गरिरहेको कम्पनीका अध्यक्ष जयराम अर्यालले बताए ।