आयरल्यान्डको २०० रन पूरा, नेपाली बलर विकेटको खोजीमा

मंगलबार, १९ असार, २०८०
डिजिटल संस्करण

नेपालले दिएको दुई सय ६९ रनको लक्ष्य पछ्याइरहेको आयरल्यान्डले दुई सय रन पूरा गरेको छ। ३९औँ ओभरमा पाँच विकेटको क्षतिमा आयरल्यान्डले दुई सय रन पूरा गरेको हो। 

२६औँ ओभरमा एक सय ३४ रनको अवस्थामा पाँचौँ विकेट गुमाएपछि दबाबमा परेको आयरल्यान्डलाई कर्टिश क्याम्फेर र जर्ज डोकरेलले मजबुत अवस्थामा पुर्याएका छन्। 

यी दुईबीच ८४ रनको साझेदारी भइसकेको छ। यसबीच क्याम्फेरले ५८ बलमा ६२ रन बनाइसकेका छन्।  

सुझावित समाचार