आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न

शनिबार, १६ असार, २०८०
डिजिटल संस्करण

बेलायतको सन्डरल्यान्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त काठमाडौंस्थित आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न भएको छ।

सन्डरल्यान्ड विश्वविद्यालयको उच्च तहका प्रतिनिधिहरू र अभिभावकहरूको उपस्थितिमा गत बिहीबार होटेल याक एन्ड यतीमा उक्त समारोह सम्पन्न भएको हो। समारोहमा बिबिए, बिएचएम र बिएससी आइटी (सिएसई) उत्तीर्ण ३६७ विद्यार्थी दीक्षित भएका छन्‌।

आइएसएमटी ग्रुपले काठमाडौं, चितवन, पोखरा, विराटनगर र बुटवलमा बेलायतको सन्डरल्यान्ड विश्वविद्यालयको सम्बन्धनमा कलेज सञ्चालन गरिरहेको छ।

सुझावित समाचार