धान दिवस मनाउन ओली, भट्टराई र लामिछाने चितवनमा

शुक्रबार, १५ असार, २०८०
डिजिटल संस्करण

धान दिवस मनाउन एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, अर्का पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन आएका छन् ।  चितवन आएका नेताहरूले छुट्टाछुट्टै वडाहरूमा धान दिवस मनाउँदै छन् ।

एमाले अध्यक्ष ओलीले भरतपुर– २४ मा धान दिवस मनाउँदै छन् । त्यस्तै, पूर्वप्रधानमन्त्री डा. भट्टराईले भरतपुर– २० र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने भरतपुर– १३ मा धान दिवस मनाउँदै छन् । यहाँ स्थानीय र प्रदेश सरकारले पनि विशेष कार्यक्रम गरेर धान दिवस मनाउँदै छन् । 

नेताहरूको उपस्थितिमा तडकभडक रूपमा धान दिवस मनाउन लागिए पनि किसानलाई भने १५ असारमा मलकै चिन्ता छ । जिल्लाका मल बिक्री केन्द्रका गोदाम खाली छन् भने किसान मलविना नै धान रोप्ने तयारी गर्दै छन् ।

सुझावित समाचार