आयकर ऐन, २०५८ को परिच्छेद १७ मा उल्लेख भएअनुसार लगानीबाट भएको आय, लाभांश, रोजगारीको आय, सेवाशुल्क, ठेक्कापट्टा आदिमा गरिने भुक्तानीमा त्यस्तो भुक्तानी हुँदा नै अग्रिम कर कट्टा गरी बाँकी रकम भुक्तानी गरिन्छ ।
यसरी अग्रिम कर कट्टी गरेर मात्र भुक्तानी गर्नुपर्ने रकम भुक्तानी गर्दा ऐनमा तोकेको दरअनुसार हुने रकम कट्टा गरी बाँकी रकम मात्र सो व्यक्तिलार्ई भुक्तानी गरिन्छ । यस्तो करकट्टी गर्नुपर्ने दायित्व भएको व्यक्तिलार्ई अग्रिम करकट्टी गर्ने व्यक्ति
भनिन्छ ।
उदाहरणका लागि कुनै बासिन्दा रोजगारदाताले आफ्नो कर्मचारीलार्ई पारिश्रमिक भुक्तानी गर्दा भुक्तानीमा कर कट्टा गरी भुक्तानी गर्नुपर्ने दायित्व भएको अवस्था रहेछ भने यस्ता रोजगारदातालार्ई अग्रिम करकट्टी गर्ने व्यक्ति भनिन्छ ।
आन्तरिक राजस्व विभाग