१५ असारलाई स्वागत गर्न ‘दहीको राजा’

बिहिबार, १४ असार, २०८०
डिजिटल संस्करण

१५ असार नजिकिँदै गर्दा जुजु धौ व्यवसायीको चटारो बढेको छ । सामान्य समयमा भन्दा यस दिन पाँच गुणा बढी दही बिक्री हुने भएकाले कामको चाप बढ्ने गरेको भक्तपुरका व्यवसायीहरू बताउँछन्।

असार १५ लाई दहीचिउरा खाने पर्वका रूपमा लिइन्छ। यही पर्वका कारण ‘जुजु धौ’ व्यवसायीलाई भ्याइनभ्याई भएको हो। 

प्लास्टिक र माटोको गरी दुई थरीका भाँडामा दही बनाइन्छ। तर, माटोको भाँडामा बनाएको दही ग्राहकको रोजाइमा पर्ने व्यवसायीको भनाइ छ।

सुझावित समाचार