जननेता मदन भण्डारीको ७२औँ जन्मजयन्तीका अवसरमा वृक्षरोपण

बिहिबार, १४ असार, २०८०
डिजिटल संस्करण

नेकपा एमालेका तत्कालीन महासचिव ‘जननेता’ मदन भण्डारीको ७२औँ जन्मजयन्तीका अवसरमा नेकपा एमालेको केन्द्रीय कार्यालय परिसर र मनोहरा नदी किनारमा वृक्षरोपण गरिएको छ ।

नेपाल भूतपूर्व सैनिक-प्रहरी संगठनले बिहीबार आयोजना गरेको कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यालय परिसरमा बरको बिरुवा रोपेर वृक्षरोपण कार्यक्रम उदघाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले मदनले अगाडि सारेको मार्गमा एमाले अगाडि बढिरहेको बताए । जलवायु परिवर्तनका कारण विश्वमा वातावरणमाथि संकट देखिएको अवस्थामा वृक्षरोपणजस्तो महत्वपूर्ण कार्य गरेर त्यसका लागि सबैलाई उत्प्रेरित गरेकोमा ओलीले सैनिक-प्रहरी संगठनलाई धन्यवाद दिए ।

संगठनका अध्यक्ष पूर्वसहायक रथी विनोद पाण्डेले जन्मजयन्ती कार्यक्रममा मनोहरा नदी आसपासको सरसफाइका साथै एक सय ५० फलफूलजन्य, रुद्राक्ष र अन्य बिरुवाहरू रोपिने बताए ।

सैनिक-प्रहरी संगठनले रक्तदान, बजार, सामुदायिक संस्था र राजमार्गहरूको सरसफाइ, वृक्षरोपण, फलफूल वितरणलगायत विविध रचनात्मक सप्ताहका रूपमा कार्यक्रम आयोजना गरी मदनजयन्ती मनाइरहेको पनि उनले जानकारी दिए ।

सुझावित समाचार