सिटिजन्स बैंकद्वारा ज्येष्ठ नागरिक क्लब भवन निर्माणका लागि आर्थिक सहयोग

बुधबार, १३ असार, २०८०
डिजिटल संस्करण

‘हजुरको प्रगतिको सहयात्री’ भन्ने नारासहित बैंकिङ सेवा दिँदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत  धम्बोझी– २, नेपालगन्जस्थित एक ज्येष्ठ नागरिक क्लब भवन निर्माण उपभोक्ता समितिलाई आर्थिक सहयोग प्रदान गरेको छ।

ज्येष्ठ नागरिकहरूका लागि क्लब सुविधा निर्माण गर्ने मुख्य उद्देश्यका साथ स्थापना गरिएको हो। जसले उनीहरूको विभिन्न समस्यालाई एउटै छानामुनि सम्बोधन गर्न र समाजमा कुनै पनि विषयको सन्दर्भमा उनीहरूको आवाजलाई प्रवर्द्धन गर्न मद्दत गर्नेछ भन्ने विश्वास बैंकले लिएको छ।

ज्येष्ठ नागरिक क्लबले उनीहरूलाई आफ्ना समस्याहरू समाधान गर्न, सदस्यहरूद्वारा पारस्परिक रूपमा लाभ उठाउन र पुनर्निर्माण गर्न मद्दत गर्ने लक्ष्य राखेको छ। एक समारोहबीच बैंकले एक लाख एक हजारको चेक संस्थाका अध्यक्ष अजितकुमार शर्मालाई हस्तान्तरण गरेको छ। 

सुझावित समाचार