संवैधानिक व्यवस्थाअनुसार नै न्यायाधीश नियुक्त हुने गरेका छन् : कानुनमन्त्री गुरुङ

मंगलबार, १२ असार, २०८०
डिजिटल संस्करण

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संवैधानिक व्यवस्थाअनुसार नै न्यायाधीशहरु नियुक्ती हुने गरेको बताएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने  क्रममा उनले संविधानले नै प्रद्धत्त गरेको अधिकारभित्रै रहेर न्यायाधीश नियुक्ती हुने गरेको जिकीर गरे। न्यायालय राजनीतिक भर्ती केन्द्र भएजस्तो आफूलाई नलागेको भन्दै मन्त्री गुरुङले संविधानभन्दा बाहिर गएर नियुक्ती नदिएको बताए।

 ‘न्यायालय राजनीतिक भर्ती केन्द्र बनाएर बिग्रियो भन्ने कुरा आएको छ। अव यसमा त हाम्रो संविधानले नै प्रद्धत्त गरेको अधिकारभित्रै रहेर न्यायाधीशहरु नियुक्ती हुने गरिएको विगत सबैले बुझ्नु भएकै छ। यस सन्दर्भमा अव कि  त संविधान नै संशोधन गर्नुपर्ने हुन्छ भन्ने मलाई लाग्छ । नत्र होइन भने जहाँ संविधान कुल्चेर, संविधानभन्दा बाहिर गएर न्यायालयमा न्यायाधीहरु नियुक्ती भएको छैन,’ उनले भने।

गुरुङले पहुँचकै आधारमा मन्त्रीहरुले सर्वोच्च अदालतमा मुद्दा फर्छ्यौट गर्ने गरेको आरोपमा सत्यता नरहेको भन्दै न्यायालय स्वतन्त्र ढंगले चलेको दाबी गरे।

सुझावित समाचार