आइएमई पेको ‘टिभी–इन्टरनेटमा प्रोमोकोडको वर्षा’ योजना

मंगलबार, १२ असार, २०८०
डिजिटल संस्करण

आइएमई पेले ‘टिभी इन्टरनेटमा प्रोमोकोडको वर्षा’ नामक योजना सार्वजनिक गरेको छ । कम्पनीले एक हप्ताका लागि टिभी तथा इन्टरनेटको बिल भुक्तानी गर्दा छुटको योजना ल्याएको हो । 

असार १६ गतेसम्म चल्ने यो योजनाअन्तर्गत ग्राहकले आइएमई पेमार्फत टिभी तथा इन्टरनेटको बिल भुक्तानी गर्दा प्रोमो कोडहरूको प्रयोग गरी एक सय ५० रुपैयाँसम्म वा १० प्रतिशत छुट पाउने जनाइएको छ । एक हप्ताको अन्तरालभरिमा ग्राहकले सो प्रोमो कोड एकपटक मात्र प्रयोग गर्न पाउने जनाइएको छ । योजना कम्पनीले असार महिनामा मनसुनलाई लक्षित गर्दै सुरु गरेको ‘आइएमई पेमा क्यासब्याकको वर्षा’ नामक अभियानको निरन्तरता रहेको जनाएको छ । 

आइएमई पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैँले अथवा एजेन्टहरूमार्फत विभिन्न किसिमका भुक्तानी कार्यहरू गर्न सक्ने जनाइएको छ । यसले व्यक्ति–व्यक्तिबीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्युआर स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको कम्पनीले जनाएको छ । 

सुझावित समाचार