बेलायती विश्वविद्यालयहरूमा भारतीय विद्यार्थीको भिड

मंगलबार, १२ असार, २०८०
डिजिटल संस्करण

इस्ट लन्डन युनिभर्सिटी (युइएल)मा ६ वर्षअघि भारतीय विद्यार्थी केही सय मात्र थिए । पहिले प्राविधिक शिक्षालय रहेको यो विश्वविद्यालयका स्ट्रेटफोर्ड र डकल्यान्ड्समा गरेर तीनवटा कम्याम्पस छन् । तर, गत वर्ष युइएलमा ६ हजारभन्दा बढी विद्यार्थी अर्थात् उसका कुल विद्यार्थीको लगभग एकचौथाई भारतबाट आएका विद्यार्थीको रह्यो ।

नवआगन्तुकहरूको संख्याले उसलाई रूपान्तरण हुन सहयोग मिलिरहेको छ । यस विश्वविद्यालयकी उपकुलपति अमान्डा ब्रोडरिकका अनुसार पहिले उनका विद्यार्थी लन्डनका केवल तीन स्थानबाट आउँथे । युइएलले एकाएक आपूmलाई वैश्विक अनुभूति गर्न थालेको छ । विश्वविद्यालय फस्टाएको पनि छ । क्याम्पसमा भर्ना हुनेको संख्यामा सन २०१७ यता ६० प्रतिशतले बढोत्तरी भएको छ ।

यस्तो अनुभव गर्ने इस्ट लन्डन युनिभर्सिटी मात्रै होइन । हालैका वर्षहरूमा, बेलायतभरका विश्वविद्यालयले भारत, नाइजेरिया र अन्य बाह्य मुलुकबाट पढ्न आउनदिने आवेदनमा वृद्धिको साक्षात्कार गरिरहेका छन् । सन् २०१७ र २०२१ को बीचमा बेलायतमा भर्ना हुने भारतीय विद्यार्थीको संख्या ६ गुणाले बढेको देखिन्छ । अध्यागमनको तथ्यांकअनुसार बेलायतमा विद्यार्थी पठाउने नम्बर एक मुलुकका रूपमा भारतले चीनलाई गत वर्षबाटै विस्थापित गरिसकेको छ ।

ब्रेक्जिटले इयूका विद्यार्थीहरूले घरेलुस्तरकै शुल्क तिरेपुग्ने व्यवस्थालाई अन्त्य गरेपछि युरोपेली मुलुकबाट आउने विद्यार्थीको संख्यामा तीव्र गिरावट आएको छ, तर गिरावटको संख्याभन्दा नवआगन्तुक विद्यार्थीको संख्या निकै धेरै छ ।भारतबाट आउने विद्यार्थीहरू प्रायजसो स्नातकोत्तरका लागि आउने गर्छन् । स्नातकका लागि आउनेको संख्या केवल एकचौथाईजति मात्रै हुनेगर्छ ।

सन् २०१७ र २०२१ को बीचमा बेलायतमा भर्ना हुने भारतीय विद्यार्थीको संख्या ६ गुणाले बढेको देखिन्छ । अध्यागमनको तथ्यांकअनुसार बेलायतमा विद्यार्थी पठाउने नम्बर एक मुलुकका रूपमा भारतले चीनलाई गत वर्षबाटै विस्थापित गरिसकेको छ ।

भारतमा पनि बेलायत आउने विद्यार्थीको संख्या सबैभन्दा धेरै आगन्तुक र तेलंगना प्रदेशबाट हुने गरेका छन् । यी दुई दक्षिण–पूर्वी राज्य प्राविधिक एव इन्जिनियरिङ कम्पनीका हबजस्तै छन् । साथै, यी राज्यका सरकारले पनि विदेशी अध्ययनलाई प्रोत्साहित गरिरहेका छन् । जब कि, चिनियाँ विद्यार्थीहरू प्रायः स्नातक हुने गर्छन् जो प्रतिष्ठित र महँगा ‘रसेल ग्रुप’मा पर्ने विश्वविद्यालयमै झुम्मिन्छन् । उनीहरूको तुलनामा भारतीय विद्यार्थी बढी फैलिएका छन् । 

के हो त यो वृद्धिको 
कारण ? सन् २०१९ मा भिसा नियममा गरिएको परिवर्तन सबैभन्दा महत्वपूर्ण रह्यो । विदेशीहरूलाई स्नातक गरेपछि दुई वर्षसम्म बस्न र काम गर्न दिने योजनालाई पुनः लागू गरिएको छ । युइएलमा बिजनेस विषयमा स्नातकोत्तर गरिरेकालाई अत्यन्त स्वागतयोग्य मान्छन् । विद्यार्थीहरूले यी दुई वर्षलाई लामो अवधिको भिसाका लागि प्रायोजक जुटाउन वा ऋण तिर्न उपयोग गर्न पाउँछन् । (निःसन्देह, उनीहरूले श्रमिकको अभावलाई कम गर्न पनि मद्दत गर्नेछन्) ।

विदेशी विद्यार्थीको संख्यमा वृद्धि विश्वविद्यालयका लागि वरदान साबित भएको छ । विदेशी विद्यार्थीले स्थानीयको तुलनामा बढी शुल्क तिर्छन् । अहिले विश्वविद्यालयको आम्दानीमा लगभग २० प्रतिशत विदेशी विद्यार्थीको योगदान छ । यसले घरेलु विद्यार्थीलाई सहयोग गर्छ । बढ्दो मुद्रास्फीतिका बाबजुद इंग्ल्यान्डमा विगत ६ वर्षदेखि शिक्षण शुल्क स्थिर रहेको छ । यदि विदेशी विद्यार्थी आउँदैनथे भने बेलायतमा केही विषयहरूको पठनपाठन पहिले नै बन्द भइसक्ने थिए । व्यापार र व्यवस्थापनजस्ता विषयमा पोस्टग्राजुयट्सका विद्यार्थीमा दशमा नौजना विदेशी छन् । 

तर, केही अप्ठ्यारा पनि छन् । आप्रवासनप्रति कडा रूप अपनाउन खोज्ने सत्तारूढ कन्जर्भेटिभ पार्टीका नेताहरू विदेशी विद्यार्थीहरूको संख्या बढ्दै गएको स्विकार्न अप्ठ्यारो महसुस गर्ने गर्छन् । मे महिनामा बेलायत सरकारले विदेशी पोस्टग्राजुयट्सलाई अब पति वा पत्नी वा बच्चा (डिपेन्डेन्ट) ल्याउन प्रतिबन्ध लगाउने बताएको थियो । गत वर्ष एक लाख ४० हजार भारतीय विद्यार्थीले लगभग ४० हजार डिपेन्डेन्ट पनि भित्र्याएका थिए । यस्तो प्रावधानले बेलायती विश्वविद्यालयप्रतिको आकर्षण घट्ने चिन्ता गर्छन् ६ हजार भारतीय विद्यार्थी रहेको हार्टफोर्डसायर विश्वविद्यालयका उपकुलपति क्विन्टिन म्याककेलर ।

अनुदार प्रावधानले आप्रवासी विद्यार्थीको छनोट बेलायत नहुने जोखिम छ । इन्डियन नेसनल स्टुडेन्ट्स एसोसिएसन युकेका अमित तिवारी जीवनयापनको उच्च लागत, विशेषगरी आवासको उच्च लागतलाई लिएर पनि आमगुनासो बढ्दो छ । केही विद्यार्थी महामारी सुरु भएको तीन वर्ष बितिसक्दा पनि विश्वविद्यालयले अझै पनि अनलाइनमार्फत नै धेरैजसो कक्षा सञ्चालन गरिरहेकोमा असन्तुष्ट छन् । 

बेलायती विश्वविद्यालयबाट तयार हुने आप्रवासी विद्यार्थी सस्तो श्रमबलमा रूपान्तरण हुने खतरा पनि बढेको छ । कामको खाँचो भइहाल्ने त देखिँदैन, तर अन्तर्राष्ट्रिय प्रतिस्पर्धा भने अझ तीव्र हुनेछ । यति मात्र होइन, विदेशी विश्वविद्यालयबाट सम्बन्धनप्राप्त हुन वा विशुद्ध स्वदेशी भारतका विश्वविद्यालय विस्तारित भइरहेका छन् । ‘विद्यार्थीले घरमै बसेर स्वदेशमै अध्ययन गर्ने अवसर पाउन थालेका छन् । अहिलेको भारत १० वर्षअघिको भारत होइन’, तिवारीले भने । 
–द इकोनोमिस्ट

सुझावित समाचार