आर्टमान्डुको ‘पाहुना हजुर’मा भागी बिहेको कथा

सोमबार, ११ असार, २०८०
डिजिटल संस्करण

आर्टमान्डुको नयाँ म्युजिकल फिल्म ‘पाहुना हजुर’ सार्वजनिक भएको छ।
 
आशिष महर र सुनिता थेगिमको आवाज रहेको गीतमा आशिषकै संगीत रहेको छ। गीतमा दीपा सुहाङले स्वर दिएकी छिन्। गीतलाई निर्देशक नवीन चौहान र आशिष नै लेखेका हुन्।

म्युजिकल फिल्ममा कलाकार अनिल सुब्बा, सनाया लिम्बू र  विकास चेम्जोङको अभिनय छ। 

लिम्बू समुदायको विवाहको प्रक्रियामाथि बनेको उक्त म्युजिकल फिल्ममा अर्गानिक प्रेमको महसुस गर्न सकिन्छ। आर्टमान्डुको ‘फूलथुंगे रानी’ घुमीघुमी, ‘तीनपाते’ ‘के माया लाग्छ’ जस्ता म्युजिकल फिल्म लोकप्रिय छन्।

सुझावित समाचार