मोक्षदा स्कुलको आयोजनामा मोक्षदा टी–१० कप क्रिकेट प्रतियोगिता हुने भएको छ । ललितपुरको हात्तिवनस्थित ग्रेट हिमालयन क्रिकेट एकेडेमीमा हुने प्रतियोगितामा ११ टोलीको सहभागिता रहने मोक्षदा स्कुलले जनाएको छ ।
प्रतियोगिता मंगलबारबाट सुरु हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मोक्षदाको ‘ए’ टोलीले सेन्ट जेभियर स्कुलको सामना गर्नेछ । फाइनल १४ असारमा हुनेछ ।
प्रतियोगितामा मोक्षदाको ‘ए’ र ‘बी’सँगै सेन्ट जेभियर, रेडियन्ट, अक्षरा, युनाइटेड स्कुल, काठमाडौं प्रज्ञा, एलआरआई, डिएभी, जेम्स र एपिआई स्कुल छन् ।