केन्द्रको अनुदान घटेपछि उपत्यकाका केही स्थानीय तहको बजेट खुम्चियो

सोमबार, ११ असार, २०८०
डिजिटल संस्करण

केन्द्र सरकारको आर्थिक वर्ष ०८०/८१ को बजेटले स्थानीय तहलाई दिने बजेट घटाएपछि स्थानीय तहको बजेटको आकार पनि खुम्चिएको छ । केन्द्रले कम बजेट दिएपछि पालिकाको बजेट कम भएको ललितपुरको बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोपचनले जानकारी दिए । उनका अनुसार यो वर्ष केन्द्रले जम्मा ६ करोड बजेट दिएको थियो ।

पालिकाले गत वर्ष ५५ करोडभन्दा धेरै बजेट ल्याए पनि यस वर्ष ४८ हजार ४० लाख बजेट ल्याएको छ । गत वर्षको तुलनामा यो सात करोडले कम हो । दक्षिण ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको भने बजेट गत वर्षभन्दा बढेको छ । यस वर्ष केन्द्र सरकारले सात करोड अस्पताल निर्माणका लागि बजेट दिएपछि बजेटको आकार बजेटको हो । पालिकाले ५१ करोड १७ लाख ३१ हजार बजेट ल्याएको छ । तर, दक्षिण ललितपुरकै महांकाल गाउँपालिकाको बजेट गत वर्षको भन्दा कम छ । सहरी क्षेत्रका स्थानीय तहलाई केन्द्रले कम बजेट दिए पनि आन्तरिक आम्दानीका कारण बजेट विनियोजनमा असर नपरे पनि आन्तरिक आम्दानी स्रोत नभएका पालिकालाई भने असर परेको छ । 

 गोकर्णेश्वरको १५ करोड, चन्द्रागिरिमा झन्डै ३० करोडले बजेट घट्यो
काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा एक अर्ब ६७ करोड ल्याएको छ । गत वर्षभन्दा अहिले १५ करोडले बजेट घटेको छ । नगरपालिकाले यो आवमा सुन्दरीजलको पानी खुवाउने योजना अघि सारेको छ । त्यस्तै, हरेक घरघरमा स्वास्थ्य बिमा कार्यक्रम पनि बजेटमाफर्त सार्वजनिक भएको छ । चन्द्रागिरि नगरपालिकामा पनि विगतमा भन्दा आगामी वर्षको बजेट घटेको छ । चालू आवमा दुई अर्ब ४७ करोड बजेट ल्याएकोमा आगामी वर्षका लागि दुई अर्ब आठ करोड बजेट विनियोजन भएको हो । यस्तै, काठमाडौंको नागार्जुन नगरपालिकाले दुई अर्ब १५ करोड बजेट ल्याएको छ । गत वर्ष दुई अर्ब २० करोड बजेट थियो । तर, अहिले केन्द्र र प्रदेशबाट आउने अनुदानमा कटौती भएपछि बजेटको आकारमै असर परेको मेयर मोहनबहादुर बस्नेतले जानकारी दिए ।

मध्युपरथिमिमा १८ करोड र चाँगुनारायणमा ३० करोडले घट्यो
भक्तपुरको मध्यपुरथिमि नगरपालिकामा पनि यो वर्ष बजेट घटेको छ । आलू आवमा वर्ष तीन अर्ब १७ करोड बजेट ल्याएकोमा आगामी वर्ष दुई अर्ब ९९ करोड बजेट ल्याएको हो । एक अर्ब ७१ करोड (३० करोड कम भएको छ । एक अर्ब ९९ करोड थियो । भक्तपुरकै चाँगुनारायण नगरपालिकाले गत वर्षभन्दा झन्डै ३० करोड बजेट घटाएर एक अर्ब ७१ करोड बजेट ल्याएको छ । चालू आवमा एक अर्ब ९९ करोड बजेट विनियोजन भएको थियो ।

महालक्ष्मी र गोदावरीको प्राथमिकतामा शिक्षा, स्वास्थ्य र पूर्वाधार
ललितपुरको महालक्ष्मी नगरपालिका– दुई अर्ब सात करोड ३३ लाख ५७ हजारको बजेट ल्याएको छ । चालूतर्फ ६३ करोड ७७ लाख १९ हजार,  पुँजीगततर्फ एक अर्ब ४२ करोड ९१ लाख ३८ हजार बजेट विनियोजन भएको हो । नगरपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रममा पूर्वाधार विकास, स्वास्थ्य, खानेपानी, शिक्षा, वन तथा वातावरण संरक्षणलगायतलाई प्राथमिकतामा राखेको छ । 

बजेटमा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पूर्वाधारलाई प्राथमिकतामा राख्दै ललितपुरकै गोदावरी नगरपालिकाले दुई अर्ब ३० करोड  बजेट विनियोजन गरेको छ । काठमाडौंको कागेश्वरी–मनोहरा नगरपालिकाले दुई अर्ब ३८ करोड बजेट पेस गरेको छ । 

कागेश्वरी–मनोहरा : एक घर एक धारा, घर बनाउँदा दुईवटा बिरुवा रोप्नैपर्ने 
काठमाडौंको कागेश्वरी–मनोहरा नगरपालिकाले एक घर एक धारा र घर बनाउँदा दुईवटा बिरुवा रोपेकै हुनुपर्ने नियम ल्याएको छ । आर्थिक वर्ष ०८०/८१ को बजेटमार्फत नगरपालिकाले सो कार्यक्रम ल्याएको हो । त्यस्तै, हरेक घरघरमा कम्पोस्ट बिन राखेकै हुनुपर्ने नियम पनि नगरपालिकाको छ । आगामी आवमा नगरपालिकाले एक सहकारी एक रोजगारी कार्यक्रमका साथै शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएको छ । साथै, युवा स्वरोजगारसँग समन्वय गरेर नयाँ कार्यक्रम ल्याएको छ । आठ करोड ५० लाखका दरले शिक्षा र स्वास्थ्यमा बजेट विनियोजन छ । आगामी वर्ष १८ बेडको अस्पताल निर्माण गर्ने, सबै बर्थिङ सेन्टरमा ल्याब स्थापना गर्नेलगायत योजना नगरपालिकाको छ । 

सुझावित समाचार