चन्द्रागिरि, मौलाकाली र लुम्बिनी केबलकारमा सशस्त्र प्रहरीलाई छुट

आइतबार, १० असार, २०८०
डिजिटल संस्करण

आइएमई ग्रुपअन्तर्गतका कम्पनीहरू चन्द्रागिरि हिल्स, मौलाकाली र लुम्बिनी केबलकारले सशस्त्र प्रहरी तथा आश्रित परिवारहरूलाई केबलकारको टिकटमा छुट दिने भएका छन् ।

प्रहरी बलको प्रधान कार्यालय र तीनवटै केबलकार कम्पनीहरूको छुट प्रदानसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार सशस्त्र प्रहरी, अवकाशप्राप्त कर्मचारीहरू, आश्रित परिवारहरू साथै नेपाल एपिएफ स्कुलमा कार्यरत शिक्षक तथा कर्मचारीहरूले टिकट मूल्यमा २० प्रतिशत छुट प्राप्त गर्नेछन् । 

सम्झौतापत्रमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक प्रवीण कँडेल र मौलाकाली तथा लुम्बिनी केबलकारका तर्फबाट कम्पनीका प्रतिनिधि रुद्र पौडेल, चन्द्रागिरि हिल्सका तर्फबाट महाप्रबन्धक सञ्जीव थापाले हस्ताक्षर गरेका छन् ।  

See More On

सुझावित समाचार