नेपालको सुस्त सुरुवात, पहिलो पावरप्लेमा नेदरल्यान्ड्सका बलर हाबी

शनिबार, ९ असार, २०८०
डिजिटल संस्करण
नेपालको सुस्त सुरुवात, पहिलो पावरप्लेमा नेदरल्यान्ड्सका बलर हाबी

तस्बिर : आइसिसी

आइसिसी एकदिवसीय विश्वकप ग्लोबल छनोटअन्तर्गत नेदरल्यान्ड्ससँगको अत्यन्त महत्वपूर्ण म्याचमा नेपालले सुस्त सुरुवात गरेको छ।

पहिलो पावरप्ले (१०ओभर)मा नेपालले एक विकेट गुमाएर जम्मा २३ रन बनाएको छ। कुशल भुर्तेल २८ बलमा १४ र भीम सार्कीले २९ बलमा सात रन बनाएका छन्। नेपालले सात रनको अवस्थामा आसिफ सेखलाई गुमाएको थियो।

समूह चरणको अन्तिम खेलमा नेपालले आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गरिरहेको हो। विश्वकप छनोटमा कायम रहन आज जित्नैपर्ने अवस्था रहेकाले नेपाल सम्हालिएर खेलिरहेको छ।

सुझावित समाचार