नेपाल र नेदरल्यान्ड्स भिड्दै, टस हारेर ब्याटिङ गर्दै नेपाल

शनिबार, ९ असार, २०८०
डिजिटल संस्करण

आइसिसी एकदिवसीय विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै छ। जिम्बावेको हरारे खेलमैदानमा नेदरल्यान्ड्सले टस जितेपछि फिल्डिङ रोजेको छ। 

नेपालका लागि विश्वकप छनोटमा कायम रहन आजको खेल जित्नैपर्ने दबाब छ। आजको खेल जिते नेपाल सुपर सिक्समा पुग्ने करिब निश्चित हुनेछ। 

आजको खेलमा नेपालले कुनै परिवर्तन गरेको छैन। यसअघि अमेरिका र वेस्ट इन्डिजसँगको खेलमा सहभागी खेलाडी नै आज प्लेइङ ११ मा छन्। 

नेपालको सुरुवात सदाझैँ कुशल भुर्तेल र आसिफ सेखले गर्नेछन्।

सुझावित समाचार