चार खेल पत्रकारलाई एनओसी अवार्ड

शनिबार, ९ असार, २०८०
डिजिटल संस्करण

नेपाल ओलम्पिक कमिटी (एनओसी)ले ओलम्पिक दिवसका अवसरमा शुक्रबार लगनखेलस्थित सैनिक शारीरिक तथा तालिम केन्द्रको हलमा विविध कार्यक्रम आयोजना गरेको थियो ।एनओसीले ओलम्पिक डेको अवसरमा विभिन्न व्यक्तित्वलाई एनओसी अवार्ड प्रदान गरेको छ ।

दोस्रो संस्करणको एनओसी अवार्डको प्रिन्टतर्फ गोरखापत्रका प्रजित शाक्य वर्षको उत्कृष्ट पत्रकार बनेका छन् । यसैगरी, भिजुअलतर्फ नेपाल टेलिभिजनका प्रज्ज्वल शाक्य उत्कृष्ट भए । एनओसीको फोटो अवार्डमा सुनीता डंगोल उत्कृष्ट भइन् । मल्टी मिडियामा शिलापत्रका सरोज तामाङ उत्कृष्ट भएका छन् । 

एनओसीले पुरुषतर्फ उत्कृष्ट एथ्लेटिक्स खेलाडीमा दीपक अधिकारीलाई अवार्ड प्रदान गरेको छ । यसैगरी, महिलातर्फ तेक्वान्दोकी सिर्जना घिसिङले अवार्ड पाएकी छिन् । उत्कृष्ट प्रशिक्षकमा तेक्वान्दोका कविराज नेगी तथा उत्कृष्ट महिला प्रशिक्षकको अवार्ड टेनिसकी रेनुदेवी कोन्डुले थापेकी छिन् ।

उत्कृष्ट संघमा नेपाल बक्सिङ संघ चुनिएको छ । यसअघि, ओलम्पिक डेमा बक्सिङ, फेन्सिङ, तेक्वान्दो, उसु, जुडो र कराँतेका खेलाडीले प्रदर्शनीमा खेल प्रस्तुत गरेका थिए । 

See More On

सुझावित समाचार