गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन् । दुर्घटनामा परी १२ जना घाइते भएको गोरखाका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए।
सहिद लखन– ३ चिलिङकोटबाट बेहुली लिएर सहिद लखन– ५ ताक्लुङबाट फर्किँदै गरेको ०१–०२३च ४४ २७ नम्बरको जिप गएराति दुर्घटनामा परेको हो । प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालका अनुसार घटनालगत्तै जिल्लाबाट डिएसपी लामिछानेको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा गएको थियो ।
अहिले प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयले घाइतेको उद्धार गरिरहेका छन् । मृतकको पहिचान खुल्न नसकेको डिएसपी लामिछानेले बताए । जिप सडकबाट झन्डै दुई सय मिटर तल खसेको बताइएको छ ।