औरहीमा समृद्धि फाइनान्सको शाखा

बिहिबार, ७ असार, २०८०
डिजिटल संस्करण

समृद्धि फाइनान्स कम्पनी लिमिटेडले महोत्तरीको औरहीमा शाखा सञ्चालनमा ल्याएको छ । फाइनान्सको यो १०औँ शाखा हो । नयाँ शाखाको औरही नगरपालिकाका मेयर प्रदीपकुमार खड्का र फाइनान्सका सञ्चालक दुर्गा थापाले संयुक्त रूपमा उद्घाटन गरेको जनाइएको छ ।

शाखा उद्घाटनपछि फाइनान्सका नायब प्रमुख कार्यकारी अधिकृत गोकर्णप्रसाद दुवाडीले संस्थाले उपलब्ध गराउने सेवा–सुविधाका बारेमा जानकारी दिएका थिए ।

कार्यक्रममा औरही नगरपालिका वडा नम्बर १ का अध्यक्ष योगी चौधरी, औरही उद्योग वाणिज्य संघका प्रमुख श्रवण चौधरी र औरही नगरपालिकाका मेयर प्रदीपकुमार खड्कालगायतले संस्थाको प्रगतिको कामना गरेको जनाइएको छ । संस्थाले यसै हप्ता थप दुई नयाँ शाखा सञ्चालनमा ल्याउने योजना रहेको जनाएको छ । 

सुझावित समाचार