नेपाल स्क्वास एन्ड राकेट्स संघले १९औँ एसियाली खेलकुद (एसियाड) प्रतियोगिताका लागि ६ खेलाडी छनोट गरेको छ।
चीनको होङझावमा हुने १९औँ एसियाडका लागि संघले समान तीन पुरुष र महिला खेलाडी छनोट गरेको नेपाल स्क्वास एन्ड र्याकेट्स संघले जनाएको छ।
पुरुषतर्फ अरहान्तकेशर सिंह, अमृत थापामगर र अमिर ब्लोन रहेका छन्। महिलामा विपना ब्लोन, वृष्णा थापा र स्वस्थानी श्रेष्ठले एसियाडका लागि स्थान बनाए। एसियाड ६ असोजदेखि सुरु हुनेछ। नेपालले स्क्वासतर्फ एकल र टिम इभेन्टमा प्रतिस्पर्धा गर्नेछ।