सामूहिक लगानी योजना भनेको के हो ?

अर्थ ज्ञान

बुधबार, ६ असार, २०८०
डिजिटल संस्करण

सामूहिक लगानी कोषले लगानीकर्ताहरूको रकम संकलन गर्नका लागि संकलन गरिने रकम के–कस्तो धितोपत्र औजारहरूमा लगानी गर्ने, कुन क्षेत्रमा लगानी गर्ने, लगानी गर्दाको जोखिम के–कस्तो हुन्छ आदि जस्ता विवरण समावेश गरी तयार गरेको कार्यक्रमको खाकालाई योजना (स्किम) भनिन्छ ।

यस्तो योजना सञ्चालन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति लिनुपर्छ । सामूहिक लगानी योजनामा गरिने लगानीलाई साधारण सेयरमा गरिने लगानीभन्दा सुरक्षित मानिन्छ । म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने योजनाहरू बन्दमुखी योजना र खुलामुखी योजना गरी दुई प्रकारका हुन्छन् ।

योजनाले गर्ने लगानीको क्षेत्र, लगानी जोखिम, यसको लक्षित प्रतिफल आदिका आधारमा यी योजनालाई अन्य विभिन्न प्रकारमा वर्गीकरण गर्न सकिन्छ ।
 

सुझावित समाचार