नेपालको दोस्रो विकेट खस्यो, आसिफले दिए ६६ रनको योगदान

आइसिसी ग्लोबल छनोट

आइतबार, ३ असार, २०८०
डिजिटल संस्करण

आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’मा रहेको नेपालले पहिलो खेलमा अहिले टेस्टराष्ट्र जिम्बावेविरुद्ध खेलिरहेको छ। 

गृहमैदान हरारेमा जिम्बावेले टस जितेर पहिले बलिङ रोजेपछि ब्याटिङ गरिरहेको नेपालले दोस्रो विकेट गुमाएको छ। 

६६ रन बनाएका ओपनर आसिफ सेख ठूलो सट प्रहार गर्ने क्रममा क्याचआउट भएका छन्। सय बल खेलेका उनले सात चौका प्रहार गरे। 

नेपालले ९९ रन बनाएका कुशल भुर्तेललाई गुमाएपछि तीन रन मात्र जोड्दा आसिफको विकेट गुमेको हो। ताजा अवस्थामा नेपालले ३५ ओभरको खेल सकिँदा दुई विकेट गुमाएर एक सय ८४ रन बनाएको छ।

अहिले क्रिजमा कप्तान रोहितकुमार पौडेल र अलराउन्डर कुशल मल्ल छन्।

तस्बिर : आइसिसी/गेट्टी इमेज 

सुझावित समाचार