आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’मा रहेकाे नेपालले अहिले टेस्टराष्ट्र जिम्बावेविरुद्ध खेलिरहेको छ।
गृहमैदान हरारेमा जिम्बावेले टस जितेर पहिले बलिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको छ। ताजा अवस्थामा नेपालले कुनै विकेट नगुमाई ३६ रन बनाएको छ। अहिले आठ ओभरको खेल सकिएको छ।
कुशल भुर्तेल २३ र आसिफ सेख १० रन बनाएर खेलिरहेका छन्। कुशलले पाँच र आसिफले एक चौका प्रहार गरिसकेका छन्। यसअघि दुवैले एक–एकपटक जीवनदान पाएका छन्।
घरेलु मैदानमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै ग्लोबल छनोटमा स्थान बनाएको नेपाल उही प्रदर्शनलाई निरन्तरता दिने लक्ष्यमा छ।