ताप्लेजुङको सिदिङ्वा गाउँपालिका– ६ मेहेलेमा पहिरोमा परी बेपत्ता भएकामध्ये एकजनाको शव फेला परेको छ । पहिरोमा परेर हर्कबहादुर तामाङका छोरा ३० वर्षका गणेश तामाङको शव फेला परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजन लिम्बूले जानकारी दिए।
हराएकामध्ये यादवकुमार बुढाथोकीकी श्रीमती ६३ वर्षकी भगिमाया, उनकी बुहारी ३३ वर्षकी सन्ध्या र उनकै नाति ९ वर्षका प्रज्ज्वल अझैसम्म बेपत्ता रहेकाे जिल्ला प्रहरी प्रमुख लिम्बूले बताए।
उनीहरूको स्थानीयवासी, नेपाल प्रहरीलगायतले खोजी गरिरहेका छन्। क्षतिको पूर्ण विवरण भने अझै आइनसकेको प्रहरी प्रमुख लिम्बूले बताए।