क्यानडाको जनसंख्या चार करोड पुग्यो, वृद्धिदर २.७ प्रतिशत

शनिबार, २ असार, २०८०
डिजिटल संस्करण

क्यानडाको जनसंख्या चार करोड पुगेको छ । सन् २०२३ जुन १६ सम्मको तथ्यांक हेर्दा कुल जनसंख्या ४ करोड पुगेको देखिएको हो।

क्यानडाको जनसंख्या हाल तीव्र गतिमा बढिरहेको छ ।  सन् २०२२ मा क्यानडेलीहरूको संख्या १० लाख ५० हजार ११० ले बढेको हो। यो संख्या क्यानडाको इतिहासमा पहिलोपटक  यसरी तीव्र गतिमा बढेको हो। जनसंख्याको वार्षिक वृद्धि दर २.७ प्रतिशत पुगेको छ ।

सन् २०२२ मा रेकर्ड गरिएका लगभग सबै वृद्धिका लागि अन्तर्राष्ट्रिय बसाइँसराइ जिम्मेवार रहेको यहाँको राष्ट्रिय तथ्यांक निकायले जनाएको छ। क्यानडा जनसंख्या वृद्धिका सन्दर्भमा जी–७ देशहरूमा अग्रपंक्तिमा छ।

यदि जनसंख्या वृद्धिको यो दर आगामी वर्षहरूमा स्थिर रह्यो भने क्यानडाको जनसंख्या लगभग २६ वर्षमा दोब्बर हुन सक्ने बताइएको छ ।

सुझावित समाचार