आइएमई पेको मोबाइल रिचार्जमा क्यासब्याकको निरन्तरता

शुक्रबार, १ असार, २०८०
डिजिटल संस्करण

आइएमई पेले मोबाइल रिचार्जमा दिइरहेको क्यासब्याकलाई निरन्तरता दिने भएको छ। आइएमईको २३औँ वार्षिकाेत्सवको अवसरमा आइएमई पेमार्फत मोबाइल रिचार्ज गर्दा पाइने क्यासब्याकलाई निरन्तरता दिने निर्णय भएको हो।

केही समययता सुरु गरिएको टपअप क्यासब्याकअन्तर्गत रजिस्टर नम्बरमा रिचार्ज गर्दा ग्राहकले पाँच  प्रतिशत क्यासब्याक पाउनेछन् भने अन्य नम्बरमा रिचार्ज गर्दा दुई प्रतिशत क्यासब्याक पाउनेछन्।

सुझावित समाचार