भोलिदेखि गोंगबुबाट मात्र बस छुट्ने, टिकट काउन्टरसमेत अन्यत्र राख्न नपाइने

बिहिबार, ३२ जेठ, २०८०
डिजिटल संस्करण

काठमाडौंबाट सञ्चालन हुने सार्वजनिक सवारीसाधनहरू भोलिदेखि गोंगबुमा रहेको नयाँ बसपार्कबाट मात्र छुट्ने भएका छन्। अन्य विभिन्न स्थानमा राखिएका टिकट काउन्टर र बस स्टेसनहरू हटाइने भएको छ। 

काठमाडौं महानगरपालिकाले आज सरोकारवालाहरूको बैठकपछि यस्तो निर्णय लिएको हो। छोटो, मध्यम र लामो दूरीका सबै सार्वजनिक सवारीसाधनहरू नयाँ बसपार्कबाट मात्र छुट्ने गरी निर्णय गरिएको महानगरले जनाएको छ। 

बसपार्कबाहेक अन्य स्थानमा राखिएका सम्पूर्ण टिकट काउन्टरहरू पनि भोलिदेखि नै हटाउने निर्णय भएको छ।

सुझावित समाचार