दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम पाँच अर्बमाथि

बुधबार, ३१ जेठ, २०८०
डिजिटल संस्करण

याे हप्ता सेयर बजारमा उत्साह देखिएकाे छ। हिजाे मंगलबार उच्च अंकले बढेकाे सेयर बजारमा उत्साह देखिएकाे छ। आज सेयर बजार परिसूचक नेप्से १६.४२ अंकले बढेर २०३७.०६ बिन्दुमा पुगेको छ।

आज अन्य समूहको सेयरका साथै बैंक, जीवन बिमा, माइक्रो फाइनान्सलगायत समूहको सेयर उच्च अंकले बढेको छ। 

आज दुई सय ७५ वटा कम्पनीका एक करोड २५ लाख कित्ता सेयर किनबेच हुँदा पाँच अर्ब एक करोड ७८ लाख रुपैयाँबराबरको कारोबार भएकाे छ। 

आज सबैभन्दा धेरै शिवम् सिमेन्टको २८ करोड १७ लाख रुपैयाँको सेयर किनबेच भएको छ भने खप्तड लघुवित्त र सिटी होटेलको सेयर झन्डै १० प्रतिशतले बढेको छ।
 

सुझावित समाचार