बाजुराको पूर्वी–उत्तरी भेगमा रहेको जगन्नाथ गाउँपालिकामा मंगलबार साँझ चट्याङ लागेर एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा जगन्नाथ गाउँपालिका– १ का ३१ वर्षीय यमराज विष्ट रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएकाे छ।
प्रहरीका अनुसार मृतक विष्ट देउडा पाटनमा भैँसी गोठालो गएका थिए । भैँसी गोठालो गएका उनको राति करिब ८ बजे रूखमा चट्याङ परेर ज्यान गएको प्रहरीको भनाइ छ।
घटनास्थलतर्फ प्रहरीको टोली राति १ बजे नै गइसकेको, तर घटनास्थलसम्म भने अहिले नपुगेको बताइएको छ । थप विवरण आउन भने बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ