मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ‘सेफ्स बर्गर’मा विशेष छुट

मंगलबार, ३० जेठ, २०८०
डिजिटल संस्करण

मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूलाई थप सेवा दिन नेपाकाल विभिन्न स्थानहरूमा शाखाहरू रहेको ‘सेफ्स बर्गर प्रालि’ सँग छुट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता गरेको छ। 

यस व्यावसायिक सम्झौतापश्चात् मुक्तिनाथ विकास बैंकका ग्राहकले सेफ्स बर्गरका विभिन्न शाखामा फुड एन्ड बेभरेज सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। 

साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न एटिएम कार्ड प्रयोग गरी नेपालभरका भिषा नेटवर्कमा आबद्ध निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ। 

यस्तै बैंकले प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्युआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ सेवा उपदब्ध गराउँदै आएको छ। 
 

सुझावित समाचार