योग स्पोर्टसमा भारत पहिलो

मंगलबार, ३० जेठ, २०८०
डिजिटल संस्करण

तेस्रो दक्षिण एसियाली योग स्पोर्टस् च्याम्पियनसिपमा भारत पहिलो भएको छ । भारतले सर्वाधिक ६ स्वर्ण, आठ रजत र चार कांस्य जित्दै च्याम्पियनसिप उपाधि हात पारेको हो ।

समान ६ स्वर्ण, तीन रजत र चार कांस्यका साथ नेपाल प्रतियोगिताको उपविजेता बनेको छ । तेस्रो स्थानमा रहेको बंगलादेशले एक स्वर्ण र तीन रजत हात पार्यो । दोस्रो माउन्ट एभरेस्ट योग महोत्सव प्रतियोगितामा पनि भारतले ११ स्वर्ण, पाँच रजत र पाँच कांस्यका साथ पहिलो स्थानमाथि कब्जा जमायो । एक स्वर्ण, दुई रजत र दुई कांस्य जितेको साउदी अरब दोस्रो भयो । आयोजक नेपालले तेस्रो स्थान रक्षा गर्यो । प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, साउदी अरबलगायत राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गरेका थिए । 

नेपालबाट ७२, भारतबाट ७९, साउदी अरबबाट ९ र बंगलादेशबाट पाँच खेलाडीले भाग लिएका थिए । इरान योग फेडरेसनका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

सुझावित समाचार