भँगेरा वर्गमा पर्ने तोपचरालाई चराहरूको ‘इन्जिनियर’ पनि भनेर चिनिन्छ । कलात्मक र मिहिनतले आफ्नो गुँड बनाउने हुनाले यसलाई चराहरूको ‘इन्जिनियर’ भनिएको हो । तोपचरा अरू चराहरूभन्दा फरक विशेषता भएको चरा हो । रूखमा झुन्ड्याएर बनाएको गुँड देखाएर उसले पोथी फकाउने गर्दछ । गुँड मन पर्यो भने मात्रै पोथी बस्छ, नत्र बस्दैन भने विश्वास छ।
हेर्नुहोस् काठमाडौंको पेप्सीकोलाको विभिन्न ठाउँमा तोपचराले बनाउँदै गरेको कलात्मक गुँड :









