दिनभर तीव्र उतारचढावबीच आज नेपाल सेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ। आज ७.७९ अंकले नेप्सेमा वृद्धि हुँदा १९८७.८७ विन्दुमा पुगेको छ।
आज दुई सय ८५ कम्पनीको ७४ लाख ५४ हजार सात कित्ता सेयर रु. दुई अर्ब ८८ करोड ६५ लाख रुपैयाँबराबरको कारोबार भएको छ।
आजको कारोबारमा बैंकिङ, होटेल तथा पर्यटन, जीवन बिमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य समूहको उपसूचक बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सोल्टी होटेल लिमिटेडको रु. १५ करोड २८ लाख ५८ हजार आठ सय २१ बराबरको चार लाख ४९ हजार सात सय ४९ कित्ता सेयर किनबेच भएको छ।
आज अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड, कालिञ्चोक दर्शन लिमिटेड र विगुल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने प्रभु स्मार्ट फन्डको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।