धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४०.४८ अंकले उकालो लागेर १९८०.०९ मा पुगेको छ।
ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.१० अंकले उकालो लागेर ३७०.५२ अंकमा पुगेको छ । कारोबार भएका कुल १३ वटै उपसमूहको सेयर मूल्यमा वृद्धि भएको छ । नेप्सेका अनुसार कुल ९५ लाख २८ हजार दुई सय ५५ कित्ता सेयर रु. तीन अर्ब ४५ करोड ४३ लाख ४४ हजार पाँच सय ६३ मूल्यमा कारोबार भएको छ। आइतबारको कारोबारपछि बजार पुँजीकरण रु. २८ खर्ब ९३ अर्ब ५१ करोड ८३ लाख ६० हजार ६ सय ९१ बराबर पुगेको छ ।
कारोबारका आधारमा नागरिक लगानी कोष शीर्ष स्थानमा छ । सो कम्पनीको रु. एघार करोड ४७ लाख २४ हजार पाँच सय १८ बराबरको कारोबार भएको छ । यस्तै, शिवम् सिमेन्ट रु. १० करोड ८७ लाख ७५ हजार पाँच सय १५, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स रु. १० करोड ६८ लाख ५० हजार ६ सय ३१, नेपाल दूरसञ्चार कम्पनी र आठ करोड १२ लाख ६४ हजार नौ सय ५४ र नेपाल पुनर्बिमा कम्पनी रु. सात करोड ९३ लाख १४ हजारबराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।
नेप्सेका अनुसार भूगोल इनर्जी र सिटी होटेल लिमिटेडको सेयर मूल्यमा १० प्रतिशतबराबरको कारोबार भई सकारात्मक सर्किट लागेको छ । गुह्यश्वरी मर्चेन्ट बैंक ८.७०, रिलायन्स फाइनान्स ८.३६ र सिटिजन इन्भेस्ट ट्रस्टका लगानीकर्ताले ८.३१ प्रतिशतले कमाएका छन्।
यस्तै, ग्लोबल आइएमई ब्यालेन्स फन्ड पहिलो ३.८३, मेगा म्युचुअल फन्ड पहिलो २.५३, मनकामना स्मार्ट लघुवित्त २.५१, एनआइसी एसिया सेलेक्ट फन्ड २.४० र प्रभु स्मार्ट फन्डका लगानीकर्ताले १.९४ प्रतिशतले गुमाएका छन् ।