कोल्ड चेन प्रदर्शनी, आज अन्तिम दिन

आइतबार, २८ जेठ, २०८०
डिजिटल संस्करण

चिस्यान भण्डार उपकरण प्रमुख आकर्षण 

ओलम्पिया एक्जिभेसन प्रालि र सेन्थेसिस एक्जिभेसन एन्ड इभेन्टको संयुक्त आयोजनामा भृकुटीमण्डपमा जारी कोल्ड चेन प्रदर्शनीमा चिस्यान गरी भण्डारण गर्न सकिने उपकरणमा आकर्षण देखिएको छ । शुक्रबारदेखि सञ्चालन भएको मेलामा भारतीय तथा नेपाली उत्पादनहरूका ४० वटा स्टल राखिएका छन् ।

मेलाको उद्घाटन कृषि विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्मा र डा. दीपककुमार खरालले संयुक्त रूपमा गरेका थिए । कृषि बजार, दुग्ध उत्पादन, खाद्यान्न, माछामासु, हरिया तरकारी लामो समयसम्मका लागि चिस्यान गरी भण्डारण गर्न सकिने उपकरणहरू मेला राखिएको भारतीय आयोजक प्रमुख एसके त्रिपाठीले बताए ।

नेपाली व्यवसायलाई बढावा दिने उद्देश्यले सञ्चालन गरिएको प्रदर्शनीमा गान्धी अटोमेसन, केन्स टेक्नोलोजी, मनकामना एग्रो, लुंगी इन्डस्ट्रिज, रुचि फुडलाइन, क्रिलोस्कर, सौरभ एभरेस्टलगायत कम्पनीहरूका उत्पादनहरू छन् । तीन दिनसम्म चल्ने प्रदर्शनीमा उल्लेखनीय सहभागी रहेको नेपाली आयोजक राकेश महतोले बताए । 

सुझावित समाचार