ललितपुर महानगरपालिकाले जिल्लाका विभिन्न ३० ठाउँमा निःशुल्क पार्किङ सुरु गरेको छ। महानगरका अनुसार १८ फिटभन्दा बढी चौडाइ भएका सडकखण्डमा सडककै एक लाइन पार्किङ गर्न दिइएको छ।

ललितपुरको मंगलबजार, हःजा, हौगल, टंगाल, नःटोल, पाटनढोका गेटअगाडि र पछाडि, सुन्धारा, पाटन भीमसेन मन्दिरअगाडि, पुल्चोक दमकलअगाडि, जावलाखेल प्रहरी कार्यालयअगाडि, महानगरपालिकाअगाडि, भनिमण्डल, एकान्तकुना खरीबोट, मानभवन, कुमारीपाटी, पाटन अस्पतालअगाडि, कर्मचारी सञ्चय कोषअगाडि निःशुल्क पार्किङको व्यवस्था छ।

यसैगरी, महालक्ष्मीस्थानअगाडि, जिल्ला अदालतअगाडि, लगनखेल बसपार्कपूर्व, लगनखेल बसपार्क उत्तरतर्फ, बटुक भैरव, कुपण्डोल, कनिबहाल, एकान्तकुना, सेन्टमेरिज स्कुल पूर्वतर्फ, करिडोर युएन पार्कनजिकै, सानेपा करिडोर, बल्खु करिडोर, पाटन अस्पताल, भाटभटेनी र सुमेरु अस्पताल, निदान अस्पताल, अल्का अस्पतालको पार्किङमा निःशुल्क राख्न सकिन्छ।

