नेपाल लाइफका ६००० अभिकर्तालाई पुनर्ताजगी प्रशिक्षण

शुक्रबार, २६ जेठ, २०८०
डिजिटल संस्करण

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सातवटै प्रदेशमा अभिकर्ता प्रशिक्षण तथा सम्मान कार्यक्रम गरेको छ । कम्पनीले ६ हजार ८० अभिकर्तालाई पुनर्ताजगी प्रशिक्षण तथा एक हजार अभिकर्तालाई सम्मान कार्यक्रम गरेको हो । 

कम्पनीले कोसी प्रदेशको बिर्तामोड र इटहरी, मधेस प्रदेशको वीरगन्ज र मिर्चैया, बागमती प्रदेशको नारायणघाट, भक्तपुर र काठमाडौं, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल र नेपालगन्ज, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको टीकापुर र अत्तरिया गरी कुल १३ स्थानमा प्रशिक्षण तथा सम्मान कार्यक्रम राखेको जनाएको छ । 

पोखरामा आयोजित कार्यक्रममा कम्पनीका सञ्चालक समिति सदस्यहरू कमलेशकुमार अग्रवाल र विमलप्रसाद ढकालको उपस्थिति रहेको थियो । कार्यक्रममा अग्रवालले गण्डकी प्रदेशको विभिन्न आर्थिक सूचकांकमा अग्रपंक्तीमा रहेकाले यस क्षेत्रमा बिमा व्यवसायको विस्तार गर्न प्रचुर सम्भावना रहेको बताए । 

प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले अभिकर्ताको क्षमताको विकास गर्ने हेतुले यस किसिमको कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रमले बिमा क्षेत्रमा भएका नवीन प्रयोग गरी साक्षात्कार गराउन, क्षमता अभिवृद्धि गर्न तथा व्यवसाय विस्तारका लागि आवश्यक उपयोगी सीपलाई थप निखार्न महत्वपूर्ण भूमिका खेल्नेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो । 
 

सुझावित समाचार