बचत फिर्ताको माग राख्दै सहकारीपीडित सडकमा

बिहिबार, २५ जेठ, २०८०
डिजिटल संस्करण

बचत फिर्ताको माग राख्दै सहकारीपीडितहरू विरोध प्रदर्शनमा उत्रिएका छन्। सहकारीपीडित बचतकर्ता महासंघ संघर्ष समिति नेपालको आयोजनामा पीडितहरू सडकमा उत्रिएका हुन्।

सहकारीका कारण दुःख पाएको भन्दै उनीहरूले बिहीबार माइतीघरदेखि नयाँबानेश्वरसम्म र्‍याली निकालेका छन्। पछिल्लो समय केही सहकारी सञ्चालकले रकम अपचलन गर्दा देशका विभिन्न स्थानमा सहकारीविरुद्ध प्रदर्शन हुन थालेको छ।

सुझावित समाचार