मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहको निधन भएको छ । डा. साहको उपचारको क्रममा आज बिहान दिल्लीमा निधन भएको हो । डा. साह हाडजोर्नीका विशेषज्ञ चिकित्सक थिए ।
लिभर क्यान्सर देखिएपछि उनी स्वास्थ्य उपचारका लागि झन्डै दुई महिनादेखि भारतको दिल्लीमा उपचाररत थिए । एक हप्ताअघि उनको स्वास्थ्यमा सुधार देखिएपछि काठमाडौं ल्याइएको थियो । तर, पुनः स्वास्थ्यमा समस्या देखिएपछि दिल्ली लगिएको थियो ।
डा. साहको आज बिहान करिब ३ बजे दिल्लीकै एक अस्पतालमा उपचारको क्रममा निधन भएको मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार विनोदकुमार यादवले जानकारी दिए । डा. साहको शव जनकपुर ल्याउने वा दिल्लीमै दाहसंस्कार गर्ने भन्ने सम्बन्धमा कुनै टुंगो नलागेको उनले बताए ।