सर्वोच्चले माग्यो रेशमलाई कैदमाफीको कारण, अग्राधिकार प्रदान

मंगलबार, २३ जेठ, २०८०
डिजिटल संस्करण
सर्वोच्चले माग्यो रेशमलाई कैदमाफीको कारण, अग्राधिकार प्रदान

फाइल फाेटाे ।

सर्वोच्च अदालतले टीकापुर घटनामा तीनवटै तहको अदालतबाट दोषी ठहर भएका रेशम चौधरीलाई कैदमाफी दिनुको कारण देखाउ आदेश माग गरेको छ।

न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले आज सरकारका नाममा कारण देखाउ आदेश गरेको हो। उक्त मुद्दामा अदालतले अग्राधिकारसमेत दिएको छ। 

कैलालीको टीकापुरमा भएको हत्याकाण्डमा जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतबाट दोषी ठहर भएका चौधरीलाई सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा कैदमाफी दिएपछि सर्वोच्चमा रिट परेको हो। 

आममाफी दिने निर्णयविरुद्ध टीकापुर घटनाका पीडित शारदा कडायत बोहोराले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले उक्त आदेश गरेको हो।

सुझावित समाचार