सिटी एक्सप्रेस मनी ट्रान्सफरको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा नीरजमान सैजू नियुक्त भएका छन्। । कम्पनीमा अनुभवी कार्यकारी अधिकृत सैजूको उच्चस्तरीय नेतृत्व क्षमता र कार्य अनुभवले प्रगतिको नयाँ उचाइ लिने अपेक्षासहित सैजूलाई सिइओ नियुक्त गरिएको हो ।
सैजूको बैंकिङ क्षेत्रमा २० वर्षभन्दा बढी अनुभव साथै धेरै वाणिज्य बैंकहरूको फिल्ड ट्रेजरी विभागमा १५ वर्षभन्दा बढीको अनुभव रहेको जनाइएको छ । क्यानडाको सेक्युरिटी इन्स्टिच्युटबाट सुरक्षा कोर्स गरेका सैजूसँग सुरक्षा र लगानीको क्षेत्रमा उल्लेखनीय ज्ञान रहेको कम्पनीले जनाएको छ ।
नवनियुक्त प्रमुख कार्यकारी अधिकृतले आफूले कम्पनीको दिगो आर्थिक वृद्धिका लागि नेटवर्कको विश्वव्यापी पहुँच विस्तार गरी नेपालकोे सबैभन्दा ग्राहककेन्द्रित कम्पनी बनाउने विश्वास दिलाएको कम्पनीले उल्लेख गरेको छ ।