आइएमई पेमार्फत भुक्तानी गर्दा अरोगिन हेल्थ केयरमा छुट

बुधबार, १७ जेठ, २०८०
डिजिटल संस्करण

 डिजिटल वालेट आइएमई पेमार्फत अरोगिन हेल्थ केयरमा भुक्तानी गर्दा ग्राहकले विशेष छुट पाउने भएका छन् । आइएमई पे र अरोगिनबीच आइएमई पेमार्फत भुक्तानी गर्ने ग्राहकलाई ४५ प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता भएको हो ।  

सम्झौतापत्रमा अरोगिन हेल्थ केयरका जानुका विष्ट र आइएमई डिजिटल सोलुसनका माधव कटुवालले हस्ताक्षर गरेको जनाइएको छ । सम्झौताअनुसार अरोगिन हेल्थ केयरको विभिन्न सेवा–सुविधा प्रयोग गरी आइएमई पेमार्फत भुक्तानी गर्दा सुविधाबमोजिम ५ प्रतिशतदेखि ४५ प्रतिशतसम्म छुट प्रदान गरिने कम्पनीले जनाएको छ । यो छुट सुविधा सीमित सेवालाई मात्र लागू हुने उल्लेख छ । 

 एम बैंकबाट पैसा लोड गर्ने ग्राहकले क्यासब्याक पाउने 
आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ले एम बैंकमार्फत आइएमई पे वालेटमा पैसा लोड गर्ने ग्राहकलाई एक हजार रुपैयाँ क्यासब्याक प्रदान गर्ने योजना ल्याएको छ । सहकारी संस्थाका ग्राहकलाई विद्युतीय भुक्तानीतर्फ प्रेरित गर्ने उद्देश्यका साथ आइएमई पेले एम बैंकमार्फत आइएमई वालेटमा पैसा लोड गर्ने ग्राहकलाई क्यासब्याक दिने भएको हो ।

योजनासम्बन्धी सम्झौतामा आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मी र एम बैंकका प्रमुख कार्यकारी अधिकृत विष्णु महर्जनले हस्ताक्षर गरेको जनाइएको छ । क्यासब्याक अफरअन्तर्गत प्रत्येक हप्ता एकजना भाग्यशाली प्रयोगकर्ताले एक हजार रुपैयाँ क्यासब्याक जित्न सक्ने जनाइएको छ । केही समयका लागि मात्र लागू हुने यो योजनाअनुसारको क्यासब्याक रकम विजेतालाई वालेटमा प्रदान गरिने उल्लेख छ । 

आइएमई पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैँले अथवा एजेन्टहरूमार्फत विभिन्न किसिमका भुक्तानी कार्यहरू गर्न सक्ने जनाइएको छ । यसले व्यक्ति–व्यक्तिबीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्युआर स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको उल्लेख छ ।

सुझावित समाचार