सरकारले ‘रेमिट्यान्स बोन्ड’ जारी गर्ने घोषणा गरेको छ। विशेष गरी रेमिट्यान्सलाई औपचारिक माध्यमबाट भित्र्याउन सहयोग पुग्ने गरी यस्तो बोन्ड जारी गर्ने सरकारको घोषणा छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०८०/८१ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्। ‘रेमिट्यान्स बोन्ड’मार्फत आउने पैसा पूर्वाधार विकासमा खर्च गरिने उनको भनाइ छ।