विदेशी कम्पनीले पुनर्लगानी गर्न कुनै स्वीकृति नचाहिने

सोमबार, १५ जेठ, २०८०
डिजिटल संस्करण

सरकारले विदेशी लगानीका कम्पनीहरूले कमाएको रकमलाई पुर्नलगानी गर्न कुनै स्वीकृति नचाहिने व्यवस्था गर्ने भएको छ।

हाल पुर्नलगानी गर्नका लागि नियामक निकायसँग प्रस्ताव पेस गरी स्वीकृति लिनुपर्ने व्यवस्था छ। विदेशी लगानीकर्ताले नेपालमा कमाएको लाभांश फिर्ता लैजाने प्रक्रियालाई थप सहज बनाउने अर्थमन्त्री डा. प्रकाशशरण महतले घोषणा गरेका छन्।

तुलनात्मक लाभका क्षेत्रमा वैदेशिक लगानी आकर्षित गरिने भएको छ। जलविद्युत, जलाशययुक्त जलविद्युत् परियोजना, प्रसारण लाइनलगायत ठूला पूर्वाधारका परियोजनाको प्रोफाइल बनाएर विदेशी लगानी ल्याउन पहल गरिने भएको छ।

त्यसैगरी, वैदेशिक पुँजीलाई उत्पादन र उत्पादकत्व बढाउने क्षेत्रमा परिचालन गरिने सरकारको घोषणा छ। यस्तै, देशको क्रेडिट रेटिङ प्रक्रियालाई अगाडि बढाइने र निजी क्षेत्रलाई विदेशबाट ऋण लिन प्रक्रिया सहज बनाइनेछ।

सुझावित समाचार