उद्योग विभागमा ५८ हजार ट्रेडमार्क दर्ता

आइतबार, १४ जेठ, २०८०
डिजिटल संस्करण

०७९ फागुनसम्म उद्योग विभागमा औद्योगिक बौद्धिक सम्पत्तिका रूपमा करिब ५८ हजार स्वदेशी तथा विदेशी ट्रेडमार्क दर्ता भएका छन्।

सरकारले आइतबार सार्वजनिक गरेको ‘आर्थिक सर्वेक्षण ०७९/८०’ अनुसार ५७ हजार ७७९ ट्रेडमार्क दर्ता भएका छन्। त्यसमध्ये स्वदेशी ट्रेडमार्क ५४.१ प्रतिशत र विदेशी ट्रेडमार्क ४५.९ प्रतिशत रहेको छ।

यस्तै, हालसम्म उद्योग विभागमा ८६ पेटेन्ट र दुई हजार ९६६ डिजाइन दर्ता भएका छन्।

सुझावित समाचार