नेपाल एसबिआई र रेमिट इन्टरनेसनलबीच सम्झौता

आइतबार, १४ जेठ, २०८०
डिजिटल संस्करण

नेपाल एसबिआई बैंक र नेपाल रेमिट इन्टरनेसनल प्रालिबीच सम्झौता भएको छ । नेपाल रेमिट इन्टरनेसनलका विभिन्न शाखा, प्रतिनिधि अफिस तथा एजेन्टमार्फत पठाएको रेमिट्यान्स रकम नेपाल एसबिआई बैंकका शाखामार्फत भुक्तानी प्रदान गर्ने सम्झौता भएको हो ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम तथा नेपाल रेमिट इन्टरनेसनलका नायब महाप्रबन्धक देवबहादुर थापाले हस्ताक्षर गरेका छन् ।

सुझावित समाचार