नारायणगढ–मुग्लिन सडक खण्डमा सुक्खा पहिरो

सोमबार, ८ जेठ, २०८०
डिजिटल संस्करण

नारायणगढ–मुग्लिन सडक खण्डमा सुक्खा पहिरो खस्दा दुईतर्फी सडक अवरुद्ध भएको छ।

इच्छाकामना गाउँपालिका–६ को ३ नम्बर पुलमा माथिबाट सुक्खा पहिरो खसेको हो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज दिउँसो २ः३५ बजे सुक्खा पहिरो खसेर दुईतर्फी बाटो अवरुद्ध भएको हो।

सडक विभागसँग समन्वय गरी अहिले पहिरो पन्छाउने काम सुरु गरिएको छ।

सुझावित समाचार